गृहपृष्ठ थप ९८० जनामा कोरोना संक्रमण, १,८१४ डिस्चार्ज

थप ९८० जनामा कोरोना संक्रमण, १,८१४ डिस्चार्ज

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या घट्ने क्रममा देखिँदैन । दैनिक एक हजारको हाराहारीमा संक्रमित थपिने क्रम जारी छ । कोरोना संक्रमण रोकथामका लागि करिब चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञा पनि प्रभावहीन जस्तै देखिन थालेको छ ।

पछिल्लो २४ घन्टामा ९ सय ८० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । शनिबार १ हजार ४१ जनामा संक्रमित भेटिएका थिए । आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएकासहित देशभर संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएका छन् । हालसम्म २८ हजार ९४१ जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले बताए । अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् ।

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार थप ९ जनाको मृत्यु भए भएको हो ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु