गृहपृष्ठ लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगोनेस्टिक ल्याबोरेटोरीबीच सम्झौता
लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगोनेस्टिक ल्याबोरेटोरीबीच सम्झौता
लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगोनेस्टिक ल्याबोरेटोरीबीच सम्झौता भएको छ । ‘निरन्तर सहयात्रा’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको लुम्बिनी विकास बैंकले सेन्ट्रल डाइगोनेस्टिक ल्याबोरेटोरीसँग बैंकका कर्मचारी, आश्रित परिवार सदस्य, डेबिट कार्डबाहक तथा मोबाइल बैँकिङ प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीलाई नोबेल कोरोनाभाइरस परीक्षणका लागि पीसीआर परीक्षण तथा सामान्य प्याथोलोजी परीक्षणमा १० देखि २५ प्रतिशतसम्म छुट प्रदान गर्नेगरी सम्झौता गरेको हो ।
यो सुविधा ल्याबोरेटोरीको काठमाडौँको कमलपोखरीस्थित मुख्य कार्यालय तथा वीरगन्जमा रहेको शाखा कार्यालय नारायणी सेन्ट्रल ल्याबबाट प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र ल्याबोरेटोरीका प्रमुख कार्यकारी अधिकृत उमेशप्रसाद गुप्ताले हस्ताक्षर गरेका छन् ।
देशभर लुम्बिनी विकास बैंकका ६८ शाखा छन् । बैंकले ग्राहकलाई निशुःल्क डेबिट/एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।
प्रकाशित समय १७:०४ बजे

















