गृहपृष्ठ सेयर बजार १० अंकले घट्दा ५ कम्पनीको मूल्यमा उछाल

सेयर बजार १० अंकले घट्दा ५ कम्पनीको मूल्यमा उछाल

सेयर बजार परिसूचक नेप्से १० अंकले घट्दा पाँच कम्पनीको मूल्यमा उछाल आएको छ । उन्नति सहकार्य लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, राधी विद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाका कारण सेयर बजार नबढेको भन्ने आरोप लगाइरहनेहरूलाई पनि नेप्सेले आइतबार गतिलो झापड दिएको छ । अर्थमन्त्रीबाट खतिवडा बाहिरिएपछिको पहिलो दिन नै सेयर बजार ओरालो लागेको हो । नेप्से परिसूचक आइतबार १०.४५ अंकले घटेर १४९९.९७ अंकमा झरेको छ ।

आइतबार १९१ कम्पनीको ७० लाख ३८ हजार ९९० कित्ता सेयर २ अर्ब ७८ करोड २३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको ४० करोड १३ लाख रुपैयाँको सेयर कारोबार भयो । त्यस्तै, नेपाल बैंक, नेको इन्स्योरेन्स, अरुण काबेली पावर, शिखर इन्स्योरेन्स, शिवम् सिमेन्ट, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र एनआईसी एसिया सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचीमा परेका छन् ।

प्रकाशित समय १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु