गृहपृष्ठ काठमाडौं उपत्यकामा ३२६ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा ३२६ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण फैलिने क्रम उस्तै छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा ३ सय २६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ९३ जना, भक्तपुरमा १३ जना र ललितपुरमा २० जनासहित उपत्यकामा ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आइतबार काठमाडौंमा २ सय ९०, भक्तपुरमा ३२ र ललितपुरमा ३२ सहित काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार भने उपत्यकाभित्र काठमाडौंमा ३ सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ गरी ४ सय ८ जना कोरोना संक्रमित भेटिएका थिए ।
प्रकाशित समय १७:०० बजे

















