गृहपृष्ठ संशोधन र परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपा स्थायी कमिटीको निर्णय

संशोधन र परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपा स्थायी कमिटीको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले एमसीसी परियोजनालाई कार्यदलको सुझावका आधार परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा एमसीसी परिमार्जन र संशोधन गरेर पारित गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यसका लागि कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने र उक्त बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने प्रवक्ता श्रेष्ठ बताए ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु