गृहपृष्ठ कोरोना संक्रमित महिलाको मृत्यु
कोरोना संक्रमित महिलाको मृत्यु
बाँकेमा कोरोना संक्रमणका कारण आज थप एक जनाको ज्यान गएको छ । जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रले नेपालगन्ज उपमहानगरपालिका- १ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि ती महिला यही असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको त्यसै दिन कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड आइसोलेसन वार्डमा सारिएको थियो ।
उनको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको केन्द्रले जनाएको छ । योसँगै बाँकेमा कोरानाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । (रासस)
प्रकाशित समय १८:४५ बजे
















