गृहपृष्ठ महिला हिंसाका घटना बढ्नु चिन्ताजनक : प्रचण्ड

महिला हिंसाका घटना बढ्नु चिन्ताजनक : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको संक्रमण विभिन्न बहाना महिला हिंसाका घटना बढ्नु चिन्ताको विषय भएको भन्दै दोषीलाई कडा कारवाही गर्नुपर्नेमा माग गरेका छन् । मानव अधिकार तथा सामाजिक अभियान नेपालको घोषणा सभालाई भर्चुअल माध्यमबाट आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजमा रहेका सबै खाले विभेद, हिंसाजन्य घटना र भ्रष्टाचार तथा दण्डहीनताको अन्त्य भए मात्र मुलकमा मानव अधिकारको प्रत्याभूत हुने धारणा राखे ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सिद्धान्त र घोषणापत्र अनुसार नै सरकारले जनताको पक्षमा काम गरिहेको दाबी गर्दै औचित्य र आवश्यकताका आधारमा संविधान समेत संशोधन गर्न सकिने दोहोर्‍याए । प्रधानमन्त्री ओलीले जनता नै शक्तिको स्रोत हुने उपयुक्त शासन व्यवस्था कमजोर पार्ने तर्फ नलागी वार्ता र संवादको माध्यामबाट निकास खोज्न असन्तुष्ट पक्षलाई आग्रह गरे ।

जनताका मौलिक हक र अधिकारको कार्यान्वयनमा सरकार सजग रहेको उल्लेख गर्दै प्रधानमन्त्री  प्रधानमन्त्री ओलीले कोरोना भाइरसका कारण सिर्जना भएको समस्यालाई सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्ष एकजुट भएमा सुधार गर्न सकिने विश्वास व्यक्त गरे ।

 

प्रकाशित समय १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु