गृहपृष्ठ सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि
आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शनिबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य दुई सयले वृद्धि भएको हो ।
आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलाको ९४ हजार रुपैयाँले कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेर तोलाको १ हजार १८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित समय १३:३१ बजे

















