गृहपृष्ठ प्रदेश ५ को राजधानी विवाद : नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग

प्रदेश ५ को राजधानी विवाद : नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने निर्णयप्रति असहमति जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीका २ हजार कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरेर विभिन्न ३५ वटा संस्थामा आवद्ध २ हजारभन्दा बढी सदस्यले नेकपा परित्यागको घोषणा गरेका हुन् ।

आफ्नै पार्टी नेतृत्वको सरकारले राजधानी भालुवाङ लैजान खोजेको उनीहरूकाे आरोप छ । अब नेकपामा बस्न नैतिकताले नदिएको उनीहरूले बताएका छन् । नेकपा परित्याग गर्नेहरूमा नेपाल उद्योग परिसंघका प्रदेश ५ का अध्यक्ष एजाज आलम, होटल व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपाल, रुपन्देही व्यापार संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डेलगायत छन् ।

प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा दर्ता गरेपछि रुपन्देहीमा आन्दोलन सुरु भएको थियो । यो प्रस्तावको टुंगो लगाउन प्रदेश सभामा आज मतदान गर्ने तयारी गरिएको छ ।

प्रकाशित समय १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु