गृहपृष्ठ रुद्रसेन विश्वकर्माको राष्ट्रभक्ति गीत ‘हाम्रो प्यारो नेपाल’ सार्वजनिक

रुद्रसेन विश्वकर्माको राष्ट्रभक्ति गीत ‘हाम्रो प्यारो नेपाल’ सार्वजनिक

गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माको राष्ट्रभक्ति गीत ‘हाम्रो प्यारो नेपाल’ सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक भएको गीतको शब्द, संगीत र स्वर गायक विश्वकर्माकै रहेको छ । उनलाई स्वरमा गायिका छाया रुचालले साथ दिएकी छन् ।

रुद्रसेन क्रियसनले उत्पादक तथा वितरण गरेको गीतको एरेन्ज पुस्कर सुनुवारले गरेका छन् भने अमृत चापागाईँले भिडियो सम्पादन गरेका हुन् । प्रदीपकुमार रसाइलीको निर्देशनमा छायांकन भएको सो गीतमा अभिनेता दिलिप रायमाझी, रमेश प्रसाईं, पुजन घिमिरे, सुभाषकुमार गजुरेल, रश्मी भट्टलगायतले अभिनय गरेका छन् ।

(भिडियो)

प्रकाशित समय १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु