गृहपृष्ठ नेपालको वृद्धि प्रक्षेपण संशोधन हुनसक्छ : आईएमएफ

नेपालको वृद्धि प्रक्षेपण संशोधन हुनसक्छ : आईएमएफ

IMF WEO 2020_NewsKarobar

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि गरिएको वृद्धि पूर्वामानुमानमा संशोधन हुनसक्ने बताएको छ । ‘हामी घटनाक्रमको अनुगमन गरिरहेका छाैं र नेपालमा हालैका कोभिड १९ प्रवृत्तिका कारणले तल झर्ने जोखिम छ,’ मुद्रा कोषको नेपाल कार्यालयले भनेको छ, तथ्यांकीय अवस्था, नेपालको विश्वव्यापी प्रवृत्ति र  सरकारले गर्ने नीतिगत घोषणाहरूको आधारमा हाम्रो पूर्वानुमान अपडेट गर्नेछौं ।’

हालैमात्र मुद्रा कोषले ‘वर्ल्ड इकोनोमिक आउटलूक-२०२० ‘ र त्यसकै आधारमा बुधबार तयार पारेको एसियाप्रशान्तको आर्थिक परिदृष्यमा चालू आर्थिक वर्षमा नेपालको वृद्धिदर २.५ प्रतिशत बहाल हुने प्रक्षेपण गरिएको छ ।

नेपालमा कोभिड-१९ कारण पारेको आर्थिक धक्का लगातार दुई आर्थिक वर्ष विस्तार भएको मुद्रा कोषको नेपाल कार्यालयले जनाएको छ । मुद्रा कोषका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को पहिलो अर्धवार्षिक अवधिमा नेपालको अर्थतन्त्र लयमै भए पनि कोभिड प्रभावका कारण वृद्धिले बाटो छाडी सून्य प्रतिशतको स्थिर भएको हो ।

मुद्रा कोषले चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा यसको असर पर्ने पछिल्लो ६ महिने अवधिमा वृद्धिदर विस्तारै माथि फर्कने अपेक्षा गरेको छ, यसमा भारतीय अर्थतन्त्रबाट खुम्चिएको कारण त्यसले पार्ने आएको नकारात्मक  पोखिएको प्रभाव (स्पिललओभर)लाई पनि ध्यानमा राखिएको जनाएको छ ।

 

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु