गृहपृष्ठ फिफा वरीयतामा नेपाल १७०औँ स्थानमै

फिफा वरीयतामा नेपाल १७०औँ स्थानमै

विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपाल १७०औँ स्थानमै रहेको छ । कोरोनाभाइरस महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरीयतामा फेरबदल नभएको हो ।

फिफाले बिहीबार जारी गरेको वरीयतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरीयताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।

दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८औं र माल्दिभ्स १५५औं स्थानमा छ । भुटान १८९, बंगलादेश १८७, श्रीलंका २०६ र पाकिस्तान २०० औं स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम नै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरीयताको क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।

प्रकाशित समय १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु