गृहपृष्ठ नसर्ने दीर्घ रोग भएकाहरूमा कोभिड-१९ को सर्वाधिक जोखिम : अध्ययन

नसर्ने दीर्घ रोग भएकाहरूमा कोभिड-१९ को सर्वाधिक जोखिम : अध्ययन

coronavirus_test report_covid 19

कोभिड-१९ को महामारीले नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशमा मधुमेह,  क्यान्सर, श्वासप्रश्वासको समस्या वा हृदय रोगसहित नसर्ने प्रकृतिका दीर्घ रोग (एनसीडी) बिरामीहरूका लागि दोब्बर असर पारेको एक अध्ययनले देखाएको छ ।

फ्रन्टियर्स इन पब्लिक हेल्थ पत्रिकामा प्रकाशित शोधपत्रमा यस्ता नसर्ने प्रकृतिका दीर्घ रोग भएका व्यक्तिहरूमा व्यक्तिहरू कोभिड-१९ सर्ने तथा मृत्यु हुने जोखिम बढी रहेको उल्लेख छ । महामारीमा लागूपदार्थ दुरुपयोग, सामाजिक आइसोलेस र आहारका कारण यस्ता दीर्घ रोगीहरूको जोखिम बढाएको अध्ययनमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले कोभिड १९ले गर्दा आवश्यक सार्वजनिक स्वास्थ्य सेवामा अवरोध पुगेका कारण दीर्घ रोगी भएका व्यक्तिहरू आफ्नो स्वास्थ्य व्यवस्थापन गर्न असमर्थ भएको जनाएका छन् ।

अध्ययनकर्ताहरूले नेपाल, भारत,  बंगलादेश,पाकिस्तान, ब्राजिल र नाइजेरिया जस्ता कम र मध्यम आय भएका देशहरूमा नसर्ने प्रकृतिका दीर्घ रोग बिरामीहरूमा कोभिड-१९ को असरबारे अध्ययन गरेका थिए ।

यो अध्ययनका लागि  सिड्नीस्थित न्यू साउथ वेल्स विश्वविद्यालय (यूएनएसडब्ल्यू) र नेपाल, बंगलादेश र भारतका सार्वजनिक स्वास्थ्य अनुसन्धानकर्ताहरूको बीचको समन्यवनमा करिब ५० शोधपत्रको विश्लेषण गरिएको थियो ।

युएनएसडब्ल्यूका अध्ययन प्रमुख लेखक उदय यादवले  कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूमध्ये नसर्ने प्रकृतिका दीर्घ रोग भएका व्यक्तिहरू बढी देखिएपछि यसको अन्तरसम्बन्धबारे अध्ययन गरिएको बताएका छन् ।

‘यसले कोभिड १९ को ‘सिन्डिमिक ‘ को नकारात्मक प्रभावलाई दर्साउँछ – जसलाई ‘सिनर्जिस्टिक महामारी’ को रुपमा पनि चिनिन्छ,’ यादवले भने ।  ‘सिनर्जिस्टिक महामारी’  सन १९९०  को दशकमा एचआईभी / एड्स, लागूपदार्थ दुरुपयोग र हिंसाको बिचको सम्बन्ध वर्णन गर्न मेडिकल एन्थ्रोपोलोजिस्ट मेरिल सिंगरले प्रयोगमा ल्याएका थिए ।

यादवले यो शब्दलाई कोभिड-१९ र एनसीडीबीच जैविक र सामाजिक-पारिस्थितिजन्य कारकहरू बीचको अन्तरसम्बन्धको वर्णन गर्नका प्रयोग गरिएको बताए ।

शोधकर्ताहरूले मधुमेह, क्यान्सर, रक्तचापजस्ता नसर्ने प्रकृतिका रोगहरूले मानिसलाई दीर्घकालीन असर पारेजस्तै कोभिड १९- को ‘सिन्डिमिक’ लामो समयसम्म  कायम रहने बताएका छन् । (आइएएनएस)

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु