गृहपृष्ठ हिजो छिमेकीका काखमा सुत्ने नै आज प्रधानमन्त्रीको विरोधमा : पोखरेल

हिजो छिमेकीका काखमा सुत्ने नै आज प्रधानमन्त्रीको विरोधमा : पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले रराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल नेपाल आएको दाबी गरेका छन् ।

फेसबुकमा सरकारका तर्फबाट प्रष्टीकरण लेख्दै पोखरेलले भनेका छन्- काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा पाएका उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीका तर्फबाट जारी टिपोटमा भनेका छन्- ‘केपी शर्माओली र उहाँले नेतृत्व गरेको यस सरकारका विरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन्, जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए । ‘

विगतमा भारतको ‘ रअ’ का हाकिमहरूसित भेट गर्न तँछाड मछाड गर्ने व्यक्तिहरू भारतसम्म पुग्ने गरेकोमा  अहिले उनीहरू ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध लागेको उनको आरोप छ ।

उपप्रधानमन्त्री पोखरेलका प्रष्टीकरणः

प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट – प्रायोजित कुप्रचार र वास्तविकता
———————————————
(१) भारतीय गुप्तचर संस्था -‘रअ’…

Posted by Ishwar Pokhrel on Sunday, October 25, 2020

प्रकाशित समय १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु