गृहपृष्ठ चिनियाँ राजदूत यान्छीको स्वरमा ‘रेशम फिरिरि’ गीत (भिडियोसहित)

चिनियाँ राजदूत यान्छीको स्वरमा ‘रेशम फिरिरि’ गीत (भिडियोसहित)

चिनियाँ राजदूत होउ यान्छीले नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा नेपाली गीत ‘रेशम फिरिरि’ गाएको गीतले निकै चर्चा पाएको छ । उनले गाएको गीतको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

गीत गाउँदै उनले आफ्ना सहकर्मीहरु र आफूले नेपाली गीत रेशम फिरिरि अभ्यास गरेर अन्तमा गाउन सफल भएको बताएकी छिन् । उनले लेखेकी छन्, ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्‍यौ र अन्तमा हामी गाउन सफल भएका छौं । यसले सबैलाई शौभाग्य र खुशी ल्याओस !’

 

प्रकाशित समय १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु