गृहपृष्ठ राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर एकाउन्ट मिलिक्कै गायब !
राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर एकाउन्ट मिलिक्कै गायब !
राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार समूहले तयार पारेको ट्विटर ह्यान्डल @ShitalNiwas ट्विटरबाट प्रमाणीकरण (भेरिफाइड) गरेलगत्तै डिएक्टिभेट गरिएको छ । विगतमा कांग्रेस नेता एवं सांसद गगन थापाको ‘प्यारोडी एकाउन्ट’का रूपमा केही व्यक्तिले चलाएको ह्यान्डलकै नाम फेरेर राष्ट्रपतिका सूचना संप्रेषणका लागि बनाएको ट्विटर प्रयोगकर्ताले पत्ता लगाएपछि ह्यान्डल नै डिएक्टिभेट गरिएको हो ।
लु शितल निवास को हेन्नल त पैला गगन थापाको नामको वैकल्पिक हेन्नल पो रहेछ ?? https://t.co/aub2TcZMzI
— बिके संग्राम (@bk_sangram) October 28, 2020
राष्ट्रपती संस्था सबै नेपालीको साझा संस्था हो।कसले चलाउने हेण्डल परिवर्तन गरियो र त्यो परिवर्तन गरि चलाउने को हो?सम्मानित संस्थाको गरिमामा नै दाग लगाउने गरि कार्य गर्नेलाई कारवाही गरियो गरिएन ! जानकारी त चाहिन्छ है @TikaDhakaal ज्यू! https://t.co/4jHzL3vkov
— बेसारे सुरेशे?? (@sureshkuntheet) October 28, 2020
मेरो मा
View tweet activity देखियेन है?? pic.twitter.com/NpBtDk0D7u— सुरेश गौतम ‘गोठालो™’ (@Gtmsuresh) December 10, 2018
राष्ट्रपतिका प्रमुख सञ्चार विज्ञ टीकाप्रसाद ढकालले ट्विट गर्दै त्यो ह्यान्डल डिएक्टिभेट गरिएको र कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरिने बताएका छन् ।
राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।
— Tika P. Dhakal (@TikaDhakaal) October 28, 2020
उनले दुई दिन अगाडिमात्र @ShitalNiwas ट्विटर एकाउन्ट भेरिफाइ गरिएको बताएका छन् । ‘ नचलाइएको पुरानो एकाउन्ट त्यही नाममा दर्ता रहेछ, म गएपछि त्यसैलाई एक्टिभेट मात्र गरिएको हो, अहिले समस्या देखिएकाले तत्काल नयाँ खाता बनाउनु पर्ने देखियो,’ ढकाले ट्विट गर्दै भनेका छन् ।
राष्ट्रपतिजस्तो राज्य प्रमुखको औपचारिक सूचना तथा सञ्चार कार्यालयकै सामाजिक सञ्जालका एकाउन्ट चलाउन अरु कुनै नेताका नाममा छद्म भेषमा सामाजिक सञ्चाल चलाउने व्यक्तिहरूद्वारा तयार पारिएको एकाउन्ट चलाउनु पर्ने अवस्थालाई अधिकांसले विडम्बना भनेका छन् ।
राप कार्यालयको ह्याण्डल कसैको नाममा खुलेको फेक ह्याण्डललाइ नाम परिवर्तन गरि बनाएको रहेछ भने त्यो जस्तो खराब काम के हुन्छ ? लाज पनि लजाउने कुकृत्य । हैट!!
— महेश क्षेत्री (@MaheshDai_) October 28, 2020
राष्ट्रपति कार्यालयले हाल आधिकारिक रुपमा प्रयोगगर्दै आएको ट्विटरबाट भेरिफाईड ह्याण्डल@ShitalNiwas हिजो हनुमानहरुले बनाएर प्रयोगमा ल्याएको@thapagk1नामको गगन थापाको फेक ह्याण्डल भन्ने प्रष्टभो।एउटा हनुमानको ह्याण्डल सापटी लिएर देशकै सर्बोच्च संस्थाको ह्याण्डल बनाईनु अत्यन्त गलत।? pic.twitter.com/wy3SS3UgRf
— RAJESH™® (@Die4gooner) October 28, 2020
प्रकाशित समय १५:२४ बजे

















