गृहपृष्ठ आइतबार थपिए २ हजार ८२४ जना कोरोना संक्रमित
आइतबार थपिए २ हजार ८२४ जना कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
२४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार २ हजार २६४ जना कोरोना संक्रमित डिस्चार्ज भएक छन् । मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ छ भने २ हजार ३ सय ८६ जना क्वारेन्टिनमा छन् । २४ घण्टामा थप २३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।
प्रकाशित समय १८:३७ बजे

















