गृहपृष्ठ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अस्पतालदेखि ज्वेलरीसम्म छुटैछुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अस्पतालदेखि ज्वेलरीसम्म छुटैछुट

muktinath-newskarobar

मुक्तिनाथ विकास बैंकका ग्राहकले अस्पतालदेखि ज्वेलरीसम्म विशेष छुट सुविधा पाउने भएका छन् । बैँकले भिसा डेबिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यावसायिक संस्थासँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

बैंकका ग्राहकले त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालबाट स्वास्थ्य सेवा लिँदा १० प्रतिशत छुट पाउनेछने । त्यस्तै ग्राहकले धुलिखेल माउन्टेन रिसोर्टमा १० प्रतिशत, नगरकोटको स्तुपा रिसोर्टमा १५ प्रतिशत, खोटाङको जम्बाला रिसोर्टमा १५ प्रतिशत, ल्यान्डमार्क होटल (काठमाडौँ, पोखरा र चितवन)मा १५ प्रतिशत, काठमाडौँको ओडान ग्रुप अफ कम्पनीमा १५ प्रतिशत र काठमाडौँको देव कर्नर ज्वेलरीमा गरगहनासम्बन्धी सेवामा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा उल्लिखित सम्झौताहरुले थप प्रोत्साहन गर्ने बैंकको विश्वास छ । साथै, बैँकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको पनि जनाएको छ ।

प्रकाशित समय १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु