गृहपृष्ठ सुर्खेतमा ३२ वर्षीय कोरोना संक्रमित युवाको मृत्यु
सुर्खेतमा ३२ वर्षीय कोरोना संक्रमित युवाको मृत्यु
प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो । उनको उपाचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीले बताए ।
दशैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उनको प्रारम्भिक उपचार भएको थियो । ज्वरो कम नभएपछि त्यहाँबाट कोहलपुर रेफर गरिएको थियो । ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । प्रदेशभर संक्रमितको संख्या पाँच हजार ८५३ रहेको छ भने चार हजार ९५८ जना कोरोनामुक्त भइसकेका छन् ।
प्रकाशित समय १२:१२ बजे

















