गृहपृष्ठ विश्वभरबाट ७२ प्रतिशत कोरोना संक्रमित कोरोनामुक्त
विश्वभरबाट ७२ प्रतिशत कोरोना संक्रमित कोरोनामुक्त
विश्वभर ३ करोड ३७ लाख ५६ हजार मानिस कोरोनाभाइरसमुक्त भएका छन् । यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो । विश्वभर सोमबार बिहानसम्म संक्रमितको संख्या ४ करोड ६८ लाख २३ हजार पुगेको छ ।
त्यस्तै विश्वभर कोरोनाबाट १२ लाख ५३ हजारभन्दा बढीको ज्यान गएको छ । यो कुल संक्रमितको २.६८ प्रतिशत हो । बितेका २४ घण्टामा मात्रै विश्वमा ४ लाख ३६ हजार भन्दा बढी संक्रमित थपिएका छन् भने ५ हजारले ज्यान गुमाएका हुन् ।
विश्वभर सक्रिय संक्रमितको संख्या एक करोड १८ लाख ५० हजार छ, यो कुल संक्रमितको २५ प्रतिशत हो । त्यस्तै ८५ हजारको अवस्था गम्ीभर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी कोरोनाभाइरस फैलिएको अमेरिकामा हालसम्म ९४ लाख ७३ हजार मानिस संक्रमित भएका छन् । यो कुल संक्रमितको २० प्रतिशत हो । त्यस्तै अमेरिकामा कोरोनाबाट २ लाख ३६ हजारले ज्यान गुमाएका छन् । यसैगरी भारतमा कुल संक्रमितको संख्या ८२ लाख २९ हजार पुगेको छ भने १ लाख २२ हजारले ज्यान गुमाएका छन् ।
प्रकाशित समय १२:५४ बजे

















