गृहपृष्ठ भारतमा ८२ लाख २९ हजार कोरोना संक्रमित, एक लाख २२ हजारको मृत्यु

भारतमा ८२ लाख २९ हजार कोरोना संक्रमित, एक लाख २२ हजारको मृत्यु

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४५ हजार नयाँ संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप ४९३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । त्यस्तै हालसम्म कोरोनाबाट एक लाख २२ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

गत २४ घण्टामा भारतमा ५३ हजार २८५ जना कोरोना मुक्त भएका छन् । भारतमा हाल पाँच लाख ६१ हजार सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबभन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ एक लाख २५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ८९ हजार ७८३ जना सक्रिय संक्रमित रहेका  छन् ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु