गृहपृष्ठ मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर
मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर
प्रभु बैंकले कास्कीको पोखरा महानगरपालिका १६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी हस्पिटलमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटलपरिसरमा सोमबार स्थापित एक्सटेन्सन काउन्टरको गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापाले उद्घाटन गरेका छन् ।
एक्सटेन्सन काउन्टरबाट बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पूर्ण सेवाग्राहीले बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हस्पिटलमा आउने सेवाग्राहीले बुझाउनुपर्ने रकम बिनाझन्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्सटेन्सन काउन्टरमा जम्मा गर्न पाउनेछन् ।
एक्सटेन्सन काउन्टर सञ्चालनसँगै हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने हुँदा प्रशासनिक सहजता प्राप्त हुने बैंकको विश्वास छ । प्रभु बैंकले देशभरका २१० वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्सटेन्सन काउन्टर र १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।
प्रकाशित समय १५:४८ बजे

















