गृहपृष्ठ अमेरिकाको निर्वाचन कति खर्चिलो ?
अमेरिकाको निर्वाचन कति खर्चिलो ?
सन् २०१६ को निर्वाचन अभियानमा झन्डै ६.५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ । त्यो खर्च कसले बेहोर्यो भन्ने खासै खुलेको छैन ।
अहिलेको निर्वाचन सन् २०१६ को भन्दा निकै फरक छ । तैपनी ठूलो रकम खर्च भएको देखिएको छ । विगतमा पाँच वटा निवार्चनको औसतमा उम्मेदवारले २ अर्ब डलरभन्दा बढी रकम खर्च गरेका थिए ।
सन् २००० मा साढे १ अर्ब डलर, २००४ मा २ अर्ब डलर, २००८ मा करिब तीन अर्ब डलर, २०१२ मा करिब २ अर्ब ६० करोड डलर र २०१६ मा साढे २ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ ।
कुल रकमको आधा रकम सञ्चारमाध्यममार्फत् प्रचार गर्न खर्च भएको बताइएको छ । त्यहाँका टीभी विज्ञापन निकै महँगा हुन्छन् । तर, पछिल्ला केही निर्वाचनमा भने डिजिटल विज्ञापनले पनि प्राथमिकता पाउँदै अएका छन् ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटकी उम्मेदवार हिलारी क्लिन्टनले कर्मचारीलाई झन्डै ८.५ करोड डलर दिएकी थिइन् । त्यस्तै रिपब्लिकनका डोनाल्ड्र ट्रम्पले मतदाता कहाँ जाँदा ४.५ करोड डलर खर्च गरेको अनुमान गरिएको छ ।
प्रकाशित समय १३:२२ बजे

















