गृहपृष्ठ पैसा नभएको खाताको चेक दिनेलाई ७० लाख जरिवाना, ४५ दिन जेल
पैसा नभएको खाताको चेक दिनेलाई ७० लाख जरिवाना, ४५ दिन जेल
पैसा नभएको खाताको चेक दिएर झुक्याउने सत्यनारायणप्रसाद रौनियार जेल परेका छन् । उच्च अदालत पाटनले २०७५ चैतमै गरेको ४५ दिनको जेल सजाय र ७० लाख रूपैयाँ जरिवानासहितको फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेस गरिएको हो ।
रौनियारलाई काठमाडौंको रातोपुलमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेस गरिएको केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले जनाएको छ ।
पीडितहरू मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीको जाहेरीमा रौनियारलाई बैंकिङ कसुर मुद्दामा अदालतले २०७५ चैतमा फैसला गरेको थियो । साविक वीरगन्ज नगरपालिका ८ हालको वीरगन्ज महानगरपालिका ६ माईस्थान बस्ने ५८ वर्षीय रौनियारलाई दुई फरक फैसलाले ४५ दिन कैद र ७० लाख जरिवाना हुने ठहर गरेको थियो ।
प्रकाशित समय १२:५१ बजे

















