गृहपृष्ठ कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । नेकपा बल्खु टेकुसी परिवारले शनिबार दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको सो पार्टीमा अहिले देखापरेका केही समस्या शीर्ष नेतृत्वले समाधान गर्ने विश्वास व्यक्त गरे।

‘सात दशकअघि मुलुकमा प्रजातन्त्र प्राप्त भएपछि गठन भएका कुनै पनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेनन् । त्यसबाट उत्पन्न भएको अस्थिरताले देशको विकास निर्माणमा अवरोध आयो,’ उनले भने । राजनीतिक स्थायित्व कायम गरी मुलुकमा सुशासन र समृद्धि प्राप्त गर्ने आधारमा भएको एकता कसैले चाहँदैमा विभाजन नहुने उनले बताए । मन्त्री श्रेष्ठले जनताको हितलाई केन्द्रमा राखेर पार्टी संगठनका कार्यलाई समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु