गृहपृष्ठ ५ सयले बढ्यो सुनको मूल्य

५ सयले बढ्यो सुनको मूल्य

gold-price-hike-newskarobar

तिहार नजिकिएसँगै सुनको मूल्य बढ्न थालेको छ । शुक्रबार १ हजारले बढेको सुनको मूल्य आइतबार पनि ५ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला ९७ हजार २ सय कायम भएको छापावाल सुन आज ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य भने आइतबारका लागि प्रतितोला ९७ हजार २ सय कायम भएको छ । महासंघका अनुसार तेजावी सुन शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियाे ।

आइतबार चाँदीको मूल्य पनि आंशिक वृद्धि भएको छ । आज चाँदीको मूल्य २० रुपैयाँ वृद्धि भएर १ हजार २ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु