गृहपृष्ठ प्रदेश १ मा कोरोना उपचार नि:शुल्क, सुविधासम्पन्न स्वास्थ्य केन्द्र सञ्चालनको तयारी

प्रदेश १ मा कोरोना उपचार नि:शुल्क, सुविधासम्पन्न स्वास्थ्य केन्द्र सञ्चालनको तयारी

संक्रमितको उपचारका लागि तयार क्वारेन्टिन (फाइल तस्बिर)

कोरोना संक्रमितहरुलाई सहज उपचार सेवा पुर्‍याउन प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्त रुपमा स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् ।
सो केन्द्रको क्षमता एक सय शय्या हुने र यसमा एचडीओ र अक्सिजन सहितको सेवा हुने जनाइएको छ । सो उपचार केन्द्र तिहारअघि सञ्चालन हुने छ ।

प्रदेश सरकारको दुई करोड, महानगरपालिका २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडीओ र एयरकन्डिशन सहितको केन्द्र निर्माण द्रुत गतिमा अगाडि बढिरहेको छ । लक्षण सहितका संक्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइतबार उपचार केन्द्रको अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण भइरहेको उपचार केन्द्रबाट संक्रमितहरुको उपचारमा सहज हुने जनाउँदै प्रदेश सरकारद्वारा सञ्चालित सबै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताए । उनले संघीय , प्रदेशले संयुक्त रुपमा यस केन्द्रको हाताभित्र थप एक सय शय्याको भेन्टिलेटरसहित विशिष्टीकृत सेवा सहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र सुरु गर्ने र झापाको मेची अस्पतालमा ५० शय्याको भेन्टिलेटर सहितको केन्द्रमा निर्माण भइरहेको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले संक्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताए । उनले नयाँ निर्माण हुने भेन्टिलेटर उपचार केन्द्रमा २० शय्या सहयोग गरेको जानकारी दिए ।

प्रकाशित समय १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु