गृहपृष्ठ सुनको मूल्य निरन्तर उकालो, आज कति बढ्यो ?
सुनको मूल्य निरन्तर उकालो, आज कति बढ्यो ?
शुक्रबारदेखि सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । आज पनि सुनको मूल्य ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार १ हजार र आइतबार ५ सयले सुनको मूल्य बढेको थियो ।
आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रहेकोमा सोमबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य १० रुपैयाँ वृद्धि भएर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघको जनाएको छ ।
प्रकाशित समय ११:३१ बजे

















