गृहपृष्ठ सुनको मूल्य २ सयले ओरालो
सुनको मूल्य २ सयले ओरालो
बिहीबार सुनको मूल्य २ सय रुपैयाँ घटेको छ । बुधबार भने अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको मूल्य १ सय रुपैयाँ बढेको थियो ।
बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ थियो । महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला ९४ हजार ४ सय कायम भएकोमा आज ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । असली चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:२० बजे

















