गृहपृष्ठ नेपाली कांग्रेसको सहमहामन्त्रीमा सुनिल थापा मनोनित
नेपाली कांग्रेसको सहमहामन्त्रीमा सुनिल थापा मनोनित
नेपाली कांग्रेसको सहमहामन्त्रीमा सुनिल थापालाई मनोनित गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा थापालाई शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले सह–महामन्त्री बनाउने निर्णय गरेको हो ।
महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन गरे प्रस्ताव पेस गरेका थिए । सोहीअनुसार थापासँगै कांग्रेस प्रवेश गरेका अन्य ७ जना नेतालाई कांग्रेसको केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा)लाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा (४) (१०) (ङ) बमोजिम उनीहरुलाई कांग्रेस केन्द्रीय कार्यसमितिमा समायोजन गरिएको हो । साउन १३ गते सानेपामा सुनिल समूह राप्रपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको थियो ।
प्रकाशित समय १०:२४ बजे
















