गृहपृष्ठ कोरोना संक्रमित सुत्केरी किशोरीको मृत्यु

कोरोना संक्रमित सुत्केरी किशोरीको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित १९ वर्षीया  एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका- ५ की किशोरीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो । शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । (रासस)

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु