गृहपृष्ठ एनआइसी एशिया बैंकको मोबाइल बैंकिङबाट भाइटीकामा दक्षिणा दिँदा एक सय रुपैयाँ थप

एनआइसी एशिया बैंकको मोबाइल बैंकिङबाट भाइटीकामा दक्षिणा दिँदा एक सय रुपैयाँ थप

एनआइसी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाइटीका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ । ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले भाइटीकामा ग्राहकहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङमार्फत प्रदान गरेमा बैंकले थप एकसय रुपैयाँ प्रदान गरिदिनेछ ।

बैंकमा आबद्ध ग्राहकहरूलाई भाइटीकाको दिनका लागि यो योजना लागू गरिएको छ भने योजनामा सहभागी हुन न्यूनतम पाँचसय रुपैयाँ स्थानान्तरण गर्नुपर्नेछ । यस योजना अवधिभर बैंकको तर्फबाट एक जनाले अधिकतम तीनसय रुपैयाँसम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ ।

यस योजनाअन्तर्गत MoBank एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले MoBank एपमा रहेको ‘Digital Dakshina’ मा ट्याप गरी आफूले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks मा BHAITIKA जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । भाइटीकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाइले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास लिएको छ ।

बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्तिक देखि ५ मंसिर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।

प्रकाशित समय १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु