गृहपृष्ठ नेकपा सचिवालयको अर्को बैठक १० दिनपछि, स्थायी र केन्द्रीय कमिटी बैठकको मिति तोकियो
नेकपा सचिवालयको अर्को बैठक १० दिनपछि, स्थायी र केन्द्रीय कमिटी बैठकको मिति तोकियो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १ बजे बसेको बैठक बसेकाे थियो । १० दिनपछि पुन: बस्नेगरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका थिए ।
प्रधानमन्त्रीले दस्तावेज लेख्न आफूलाई १० दिन चाहिन्छ भनेपछि नेकपा सचिवालयको आजको सम्पन्न भएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले उल्लेख गरेका छन् । बैठकले यही मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको उनले ट्वीटरमार्फत जानकारी गराएका छन् ।
प्रमले दस्तावेज लेख्न आफूलाई १० दिन चाहिन्छ भनेपछि नेकपा सचिवालयको आज सम्पन्न बैठकले यही मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
— Bishnu Rijal (@bishnurijal1) November 18, 2020
प्रकाशित समय १५:१२ बजे

















