गृहपृष्ठ नेकपा सचिवालय बैठक आज, दुवै पक्षको यस्तो छ तयारी
नेकपा सचिवालय बैठक आज, दुवै पक्षको यस्तो छ तयारी
नेकपा सचिवालय बैठक (फाइल तस्बिर) ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो बस्दैछ । बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको विषयमाथि छलफल हुने बताइएको छ ।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेपछि नेकपामा दुईवटा प्रस्तावले औपचारिक रुपमा प्रवेश पाएका छन् । कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए ।
बैठकअघि दुवै समूह रणनीति बनाउन व्यस्त छन् । प्रचण्ड-नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने तयारीमा छ । ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउन जोड दिने रणनीतिमा छ ।
प्रकाशित समय ०८:५४ बजे

















