गृहपृष्ठ एकैदिन १५ सयले बढ्यो सुनको मूल्य
एकैदिन १५ सयले बढ्यो सुनको मूल्य
लगातार दुई घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । आइतबार २ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको हो ।
मंगलबार छापावाला सुन ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ थियो ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९३ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय १३:५७ बजे

















