गृहपृष्ठ ओली-प्रचण्ड ‘वान टु वान’ भेटवार्ता, के भयो सहमति ?

ओली-प्रचण्ड ‘वान टु वान’ भेटवार्ता, के भयो सहमति ?

आन्तरिक किचलोमा फसेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच विवाद समाधानका लागि सहमति खोज्ने प्रयासस्वरूप ‘वान टु वान’ छलफल भएको हो ।

करिब डेढ घण्टा छलफल भए पनि ठोस सहमति भने नभएको बताइएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले अध्यक्षद्वयबीच छलफल भए पनि कुनै सहमति नभएको बताएका छन् । ‘छलफल भयो । अरू खासै केही भएन,’ सापकोटाले भनेका छन् । यसअघि प्रचण्ड र ओलीले मंसिर २० गते सचिवालय बैठकअघि वान टू वान वार्ता गरेका थिए ।

प्रकाशित समय १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु