गृहपृष्ठ बैंक अफ काठमाण्डूद्वारा १६ लाख कित्ता ऋणपत्र निष्काशन

बैंक अफ काठमाण्डूद्वारा १६ लाख कित्ता ऋणपत्र निष्काशन

bok-bank-of-kathmandu-newskarobar

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL)ले वार्षिक ८.५० प्रतिशत ब्याजदरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये ९६ करोड रुपैयाँबराबरको ९ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ६४ करोड रुपैयाँ बराबरको ६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । १० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ । बैंकलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । सो ऋणपत्रमा छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु