गृहपृष्ठ नेकपाको स्थायी कमिटी बैठक सकियो, आगामी बैठक पुस १ मा

नेकपाको स्थायी कमिटी बैठक सकियो, आगामी बैठक पुस १ मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेरअघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।  यसअघि गत मंसिर २१ को बैठकमा भने ओली सहभागी थिएनन् ।

आजको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

मंसिर २१ गते बसेको बैठकमा भने दुई अध्यक्षका प्रतिवेदन र विभिन्न पत्र अध्ययनका लागि वितरण गरिएको थियो । पुस १ को बैठकदेखि मात्रै ओली र प्रचण्डको प्रस्तावमाथि छलफल तथा स्थायी कमिटी सदस्यहरुले बोल्ने कार्यक्रम तय हुने बताइएको छ ।

प्रकाशित समय १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु