गृहपृष्ठ अब सभामुखको अनुपस्थितमै संवैधानिक परिषदको बैठक बस्न सक्ने
अब सभामुखको अनुपस्थितमै संवैधानिक परिषदको बैठक बस्न सक्ने
सरकारले सभामुखको अनुपस्थितमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक बस्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर अध्यादेश अघि बढाएका हुन् । अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरेकी छन् ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको थियो । परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
अब संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने भएको छ । यसअघि परिषद अध्यक्ष र चार जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो । उपसभामुख पद रिक्त रहेका बेला बाँकी सबै उपस्थित भएमात्र गणपुरक संख्या पुग्ने थियो । अब भने बहुमत सदस्य भए बैठक बस्न सक्छ ।
प्रकाशित समय १४:५७ बजे


















