गृहपृष्ठ बुटवल पावर कम्पनीद्वारा २५ प्रतिशत लाभांश घोषणा

बुटवल पावर कम्पनीद्वारा २५ प्रतिशत लाभांश घोषणा

बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट १५ प्रतिशत नगद र १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको प्रस्ताव कम्पनीको २८औँ वार्षिक साधारण सभाबाट पारित भएपछि बाँडफाँड हुनेछ । प्रस्तावित लाभांश अघिल्ला वर्षको भन्दा कम हो । कम्पनीले अघिल्ला दुई वर्ष २८ प्रतिशतका दरले लाभांश बाँडेको थियो ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु