गृहपृष्ठ महासंघका समिति र फोरमहरुमा सभापति चयन, कुन समितिको जिम्मेवारी कसलाई ?

महासंघका समिति र फोरमहरुमा सभापति चयन, कुन समितिको जिम्मेवारी कसलाई ?

नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार गठित विभिन्न समिति तथा फोरममा सभापतिहरु चयन भएका छन् । महासंघ सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले पदाधिकारीहरुको उपस्थितिमा सबै समिति र फोरममा सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरुलाई कार्यक्षेत्र (टीओआर) सहित  औपचारिक पत्र प्रदान गरेका छन् ।

महासंघले उद्योग समितिको जिम्मेवारी भरतराज आचार्यलाई दिएको छ । त्यस्तै व्यापार समितिको विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिको डीबी बस्नेत, महिला उद्यमी विकास समितिको रिता सिंह, स्थल यातायात तथा पारवहन समितिको प्रकाशसिंह कार्की, कर तथा राजस्व समितिको सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिको ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समितिको मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बिमा समितिको जिम्मेवारी शाहिल अग्रवालले पाएका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवर्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एन्ड इन्नोभेसन समितिमा रञ्जितराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवर्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खड्का, ऊर्जा तथा वातावरण समितिमा गोपाल खनाल र सहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, फोरमतर्फ द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरमको जिम्मेवारी इन्जिनियर देशबन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरमको जिम्मेवारी राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरमको जिम्मेवारी आकाश अधिकारी, पुँजीबजार फोरमको जिम्मेवारी अम्बिकाप्रसाद पौडयाल र विदेशी रोजगार फोरमको जिम्मेवारी विष्णु गैरेलाई दिइएको महासंघले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष गोल्छाले समिति तथा फोरमका सभापतिको जिम्मेवारी पाएका कार्यकारिणी समितिका सदस्यहरुले सिंगो निजी क्षेत्रलाई सशक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने कार्यमा आ‑आफ्नो जिम्मेवारीलाई परिणाममुखी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त सभापतिहरुलाई जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने कार्यमा सफलताको शुभकामना दिए । कार्यक्रममा उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता थियो ।

प्रकाशित समय २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु