गृहपृष्ठ कामना सेवा विकास बैँकद्वारा लाभांश घोषणा
कामना सेवा विकास बैँकद्वारा लाभांश घोषणा
कामना सेवा विकास बैँकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैँकको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ४.४ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैँकबाट स्वीकृत तथा बैँकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । गत वर्ष कम्पनीले ६.८ प्रतिशत लाभांश बाँडेको थियो ।
प्रकाशित समय १९:१८ बजे

















