गृहपृष्ठ ५ सय कोरोना संक्रमित थपिए, ८४० जना डिस्चार्ज

५ सय कोरोना संक्रमित थपिए, ८४० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा मुलुकभर ५४ सय ३४ जनाको पीसीआर परीक्षण हुँदा ५ सयमा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २ सय १३ महिला र २ सय ८७ पुरुष छन् । त्यस्तै सोही अवधिमा निको हुनेको संख्या ८ सय ४० छ । थप ३ संक्रमितको मृत्यु भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित २ लाख ५७ हजार ७ सय, सक्रिय संक्रमित ६ हजार ७ सय ४९, संक्रमणमुक्त २ लाख ४९ हजार १ सय ३२, संक्रमणमुक्त हुने प्रतिशत ९६.७ प्रतिशत र मृतकको संख्या १८ सय १९ पुगेको छ ।

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु