गृहपृष्ठ चिनियाँ प्रतिनिधिमण्डल र देउवाबीच भेटवार्ता

चिनियाँ प्रतिनिधिमण्डल र देउवाबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

देउवाका सहयोगी भानु देउवाका अनुसार देउवालाई भेट्न चिनियाँ टोली उनको निवास बुढानिलकण्ठ पुगेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा बुझ्न बुढानिलकण्ठ पुगेको बताइएको छ ।

चीनले नेपालको राजनीतिक घटनाक्रमका बारेमा जानकारी लिए पनि आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आइतबार नियमित पत्रकार सम्मेलनमा नेपालको मामिलामा कुनै हस्तक्षेप नगर्ने बताएका हुन् ।

नेपाल भ्रमणमा आएको टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरिसकेको छ ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु