गृहपृष्ठ मेलमिलाप दिवस ओलीको अलोकतान्त्रिक कदमविरुद्ध : कांग्रेस
मेलमिलाप दिवस ओलीको अलोकतान्त्रिक कदमविरुद्ध : कांग्रेस
नेपाली कांग्रेसले ओलीको अलोकतान्त्रिक कदमविरुद्ध जनतालाई एकत्रित गर्न यो वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस केन्द्रित हुने बताएको छ । कांग्रेसले पुस १७ गते मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने भएको हो ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रित हुने जानकारी दिए । उनका अनुसार कांग्रेसले मेलमिलाप दिवसको कार्यक्रम ७७ वटै जिल्लामा गर्नेछ । कांग्रेसले २०३३ पुस १७ गतेदेखि हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।
प्रकाशित समय १८:२५ बजे

















