गृहपृष्ठ ओलीलाई राजीनामा गर्न मनाउने प्रयास भइरहेको छ : श्याम शरण
ओलीलाई राजीनामा गर्न मनाउने प्रयास भइरहेको छ : श्याम शरण
नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाउने प्रयास भइरहेको बताएका छन् । भारतको अंग्रेजी पत्रिका ‘दि ट्रिब्युन’मा नेपालसम्बन्धी लेख प्रकाशित गर्दै शरणले ओलीलाई हटाएर विवादास्पद छवी नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दाबी गरेका हुन् ।
नेकपामा देखिएको विवाद मिलाउन चीन लागिपरेको उनको टिप्पणी छ । ‘निश्चय नै चाइनिज एक्टिभिस्ट-राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त छिन्,’ उनले लेखेका छन्, ‘चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको छ, यसले पछिल्लो घटनाप्रति चीनको चासोलाई प्रतिविम्बित गर्छ ।’
चीनले प्रधानमन्त्री ओलीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाब दिएको जानकारी पाएको पनि उनले शरणले उल्लेख गरेका छन् । नेपालजस्तो एकदमै संवेदनशील मुलुकमा भारतको दीर्घकालीन चासो स्थिर बहुदलीय प्रजातन्त्र र आर्थिक समृद्धिबाट मात्र पूरा हुने उनको प्रस्टोक्ति छ ।
शरणले ‘काठमाडौँमा अमेरिका र चीनको बीचमा भइरहेको पावर प्लेमा नयाँ दिल्लीचाहिँ साइड सो हुने खतरासमेत देखिएको’ उल्लेख गरेका छन् ।
प्रकाशित समय १८:५९ बजे

















