गृहपृष्ठ सेयर बजार निरन्तर उकालो, कारोबार रकममा पनि वृद्धि

सेयर बजार निरन्तर उकालो, कारोबार रकममा पनि वृद्धि

सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि उकालो लागेको छ । बुधबार ४९ अंकले बढेको बजार बिहीबार २५.२१ अंकले बढेर २०८७.२७ अंकमा उक्लिएको हो ।

आज निर्जीवन बिमा समूहबाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ८.८९ प्रतिशतले बढेको छ । त्यस्तै बैँक समूह १.९७, अन्य समूह १.४७ र जीवन बिमा समूह १.३ प्रतिशतले बढेका छन् । बाँकी समूहको वृद्धि सामान्य छ ।

बिहीबार २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २ सय कित्ता सेयर ५ अर्ब ७० करोड ३४ लाख रूपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम बुधबारको भन्दा बढी हो । बुधबार ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज पनि साल्ट ट्रेडिङको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एभरेस्ट बैँक, गुडविल फाइनान्स, लक्ष्मी बैँक, सिद्धार्थ बैँक, नेपाल एसबीआई बैँकलगायत पनि सर्वाधिक बढ्ने कम्पनीको सूचीमा परेका छन् ।

प्रकाशित समय २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु