गृहपृष्ठ साताभरमा १२ सय रुपैयाँ बढ्यो सुनको मूल्य
साताभरमा १२ सय रुपैयाँ बढ्यो सुनको मूल्य
साताभरमा १ हजार २ सय रुपैयाँले सुनको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य अन्य दिन भने तल–माथि भएको हो ।
आइतबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ७ सय रुपैयाँ बढेको थियो । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । मंगलबार भने सुनको मूल्य ८ सय रुपैयाँ घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भयो ।
त्यस्तै बुधबार सुनको मूल्य १ सय रुपैयाँ वृद्धि भएर ९४ हजार २ सय रुपैयाँमा खरिद–बिक्री भयो । बिहीबारका लागि छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार सुन १ सय रुपैयाँले ओरालो लागेको थियो । साताको अन्तिम दिन आज शुक्रबार सुन ४ सय रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन साताको पहिलो दिन आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज अन्तिम दिन शुक्रबार तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहको छ ।
यो साता चाँदीको मूल्य ४० रुपैयाँले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी ३५ रुपैयाँ वृद्धि भएर १ हजार ३१५ रुपैयाँमा कारोबार भयो । त्यसैगरी, मंगलबार १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारका लागि चाँदी ५ रुपैयाँ वृद्धि भएर प्रतितोला १ हजार ३०५ रुपैयाँ कायम भएको थियो ।
बिहीबार फेरि चाँदी ५ रुपैयाँले ओरालो लागेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो । अन्तिम दिन शुक्रबार चाँदीको मूल्य स्थिर छ । शुक्रबार चाँदी बिहीबारकै मूल्य अर्थात् १ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
प्रकाशित समय १२:०९ बजे

















