गृहपृष्ठ ‘श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्न आवश्यक’
‘श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्न आवश्यक’
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि किसान वर्ग उत्पादनमा जोडिनुपर्ने बताएकी छन् ।
थनेट प्लानेट कृषि फर्म, थापागाउँ काठमाडौंको शुक्रबार उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताइन् । उनले श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने बताउँदै किसानलाई सम्मान नगर्दासम्म उत्पादन नबढ्ने उल्लेख गरिन् । मन्त्री अर्यालले विदेशबाट फर्किएका युवालाई व्यावसायिक कृषि कर्ममा आकर्षण गर्नुपर्ने बताउँदै कृषकले उत्पादन गरेका वस्तु सहकारीमार्फत विक्रीवितरणमा ल्याउनुपर्ने जानकारी दिइन् ।
प्रकाशित समय १५:३७ बजे

















