गृहपृष्ठ प्रचण्ड-माधव समूहद्वारा संघर्षको दोस्रो चरण घोषणा (यस्ता छन् १८ बुँदे कार्यक्रम)
प्रचण्ड-माधव समूहद्वारा संघर्षको दोस्रो चरण घोषणा (यस्ता छन् १८ बुँदे कार्यक्रम)
नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पुस २० देखि माघ २३ गतेसम्म आन्दोलनका कार्यक्रमहरू देशव्यापी रुपमा आयोजना गरिने सो समूहले जानकारी दिएको छ ।
घोषित आन्दोलनका सबै कार्यक्रम शान्तिपूर्ण रहने शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कार्यक्रमअन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शनलगायत छन् । आगामी माघ १० गते राजधानीलगायत सहरमा मोटरसाइकल र्याली गर्ने भएको छ । यसअघि प्रचण्ड-माधव समूहले सडक प्रर्दशनलगायत कार्यक्रम गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । त्यसपछि नेकपाकाे आन्तरिक विवाद उत्कर्षमा पुगेको हो ।


प्रकाशित समय १६:१८ बजे

















